दाङ, १८ साउन । शान्ति निकेतन विद्यालय घोराहीको क्याप्टेनमा ममता बस्नेत र भाइस–क्याप्टेनमा सुदन भण्डारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट बस्नेत र भण्डारी अत्यधिक बहुमतले बिजयी हुनुभएको हो ।
क्याप्टेनमा विजयी बस्नेतले ७८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी अस्मिता पौडेलले ५१, समीक्षा भण्डारीले १३ र मनिका पोख्रेलले २ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुनिल गौतमले जानकारी दिनुभयो  । त्यस्तै भाइस–क्याप्टेनमा विजयी भण्डारीले ५५ ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी समुद्र ओलीले ४०, प्रकाश खनालले ३३ र प्रदीप अधिकारीले १७ ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । गत बुधबारदेखि निर्वाचनका कार्यक्रम सञ्चालन गरेको भन्दै विद्यालयका एमडी एवं मुख्य निर्वाचन अधिकृत सुनिल गौतमले अन्तिम दिन शुक्रबार मतदान कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएको मतदानमा ९४.८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई निर्वाचन कार्यक्रमका बारेमा जानकारी दिनका लागि निर्वाचन कार्यक्रमको आयोजना गरिएको भन्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले गत वर्षदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्न सुरु गरेको जानकारी दिनुभयो । विद्यालयका हरेक गतिविधिमा विद्यार्थीहरुलाई जोड्दै आइएको भन्दै प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘यो निर्वाचन कार्यक्रमले २ वटा फाइदा दिएको छ । एकातिर विद्यार्थीहरुले निर्वाचन प्रक्रिया बुझ्न सक्छन् भने अर्कोतर्फ क्याप्टेन र भाइस–क्याप्टेनमार्फत् विद्यालयका गतिविधिमा विद्यार्थीहरुको सहभागीता जुटाउन मद्दत पुग्ने गरेको छ ।’
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस