दाङ, १८ साउन । दंगीशरण गाउँपालिकामा राष्ट्रिय युवा परिषद् दाङद्वारा गठित नमुना युवा संसदले युवाहरुको लागि सुरक्षित वातावरण भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने भएको छ । संसदको शुक्रवार हेकुलीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सभामुख पारस खड्काको अधयक्षता एवं संघीय युवा सांसद चक्रमिलन विक र रमिता चौधरीको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा समृद्ध दंगीशरण बनाउने अभियानमा युवाको भुमिका विषयक वक्तृत्वकला एवं बृक्षारोपण तथा सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ । साथै बैठकमा संघीय युवा संसदको स्थापना र अभ्यासको विषयमा छलफल गरिएको थियो ।

छलफलमा युवाहरु कसरी अनुशासित हुनुपर्ने र विभिन्न सामाजिक अभियानमा परिचालित हुने, युवाको नेतृत्व तथा क्षमता विकास जस्ता विषयमा संघीय युवा सांसदद्वय विक र चौधरीले जानकारी गराएका थिए । बैठकमा स्वास्थ्यमन्त्री हस्तबहादुर वली, युवा तथा खेलकुदमन्त्री कैलाशपति चौधरी, सत्तापक्षका सचेतक विनोद चौधरी, प्रतिपक्षका युवा सांसद मीना भण्डारी, विनिता बुढाथोकी, खुसीराम चौधरी र गंगा वली लगायतले युवा सांसदहरुले आफ्ना विचार राखेका थिए ।
बैठकले दिवसका दिन आयोजना हुने कार्यक्रममा संघीय तथा प्रदेशमा निर्वाचित सांसद, गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दलहरु, युवा परिषद् समिति, पत्रकारहरु र सुरक्षाकर्मी लगायतका सम्पूर्ण युवा संगठनहरुलाई सहभागी भइदिन अनुरोध गरेको छ । बैठकको सहजीकरण युवा सांसद सुशील डाँगीले गरेका थिए ।।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस