Gwarkhola Flood

दाङ, २० साउन । दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत ग्वारखोलामा आएको बाढीले बगाउँदा  बसमा सवार यात्रु घाइते भएका हुन् ।  घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० वर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ वर्षकी होमा देवकोटा, तुलसीपुर उपमहानगरपालिका–१५ डुरुवा निवासी २२ वर्षकी प्रतिभा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने वर्ष २२ का दीपक दर्लामी र उनकी श्रीमती कृष्णा पौडेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

त्यसैगरी अन्य घाइतेहरु तुलसीपुर उपमहानगरपालिका–७ वसन्तपुरका मिनबहादुर वली, शानितनगर गाउँपालिका– २ बस्ने ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका निवासी ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरी, तुलसीपुर उपमहानगरपालिका – ८ निवासी ५० बर्षकी बिमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका , ५ बसर्पाक निवासी ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही उपमहागनरपालिका–१९ निवासी विजय बुढा, सोही ठाउँकी ५१ बर्षीय ज्योति बुढाको राप्तीअञ्चल अस्पतलामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ ।

दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । बसमा १८ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस