दाङ, २० साउन । घोराही उप–महानगरपालिका वडा नम्बर ७ ले आगामी २३ गतेदेखि वडा कार्यालयबाटै एकीकृत कर संकलन गर्ने भएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा आइतवार बसेको वडा समितिको बैठकले आगामी साउन २३ गतेदेखि वडा कार्यालयबाट कर संकलन गर्ने निर्णय गरेको हो ।

वडामा इन्टरनेट र जनशक्तिको अभावमा नगरबाटै संकलन हुँदै आएको एकीकृत सम्पत्ती कर वडाबाटै संकलनका लागि आवश्यक सबै तयारी पूरा भएकाले सो निर्णय गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । बैठकले गत आवमा वडामा सञ्चालित योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आ.व. २०७५/०७६ मा थप प्रभावकारी बनाउने, तालिमप्राप्त सामुदायिक मेलमिलापकर्ताको सूचीकरणका लागि नगरले सूचना प्रवाह गरेकाले वडामा तालिम लिएका मेलमिलापकर्तालाई जानकारी दिने निर्णय पनि गरेको छ ।

यस्तै सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि साउन १ गतेदेखि निवेदन संकलन थालिएकोमा हालसम्म करिव आधाजतिले नविकरण नगरेकाले अविलम्व नविकरण गर्न अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस