घोराही, २५ साउन । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रसको आयोजना तथा विद्यालयको संयोजनमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।विद्यालयमा रहेका चारओटा सदनहरुबिच भएको उक्त प्रतियोगीतामा ग्रीन हाउसका शिक्षा पौडेल, सुदिप बस्नेत, किशन खड्का, नरेश चौधरी र अनुप चौधरी प्रथम भएका छन् । यसैगरी, रेड हाउसका कमल चौधरी, अमिश डाँगी, समिर भण्डारी, करण के.सी. र शिखा रावत द्वितीय भएका छन् भने यल्लो हाउसका सलिमा चौधरी, खिम बहादुर चौधरी, जीवन चौधरी, सुदिप नेपाली र एलिशा चौधरी तृतीय भएका छन् । विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला के.सी.को अध्यक्षतामा एवम् विद्यालयका प्रधानाध्यापक केशबराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगीताको सहजिकरण जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्ति मगरले गर्नुभएको थियो । प्रतियोगीतामा शिक्षकहरु मनराज नाथले स्कोरिङ र  कमल रिजालले समय निर्धारकको भुमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालयमा हरेक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलापहरु विद्यालयको संयोजन र विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा हुने विद्यालयका सहायक प्रधानाध्यापक महेश बस्नेतले जानकारी गराउनु भएको छ ।
Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस