घोराही, ७ भदौ । दाङ चेम्बर अफ कमर्शले झोले पोके व्यापारीलाई निरुत्साहित गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै चेम्बरका अध्यक्ष दीपक सुवेदीसहितको व्यवसायीहरुको टोलीले दर्ताविनाका व्यापार र व्यवसायीहरुलाई तत्काल बन्द गर्न माग गरेको हो ।

खासगरी चाडपर्वको बेलामा सीमापारीबाट भन्सार छलेर सामान ल्याउने र गाउँघरमै पुगेर व्यापार गर्ने प्रवृत्तिले एकातिर दर्ता गरी बसेका व्यवसायी मर्कामा पर्ने तथा अर्कोतिर राज्यलाई कर छल्ने काम भइरहेको प्रति प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको दाङ चेम्बर अफ कमर्शले जानकारी दिएको छ । सो अवसरमा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले चेम्बरका मागप्रति गम्भीर रहेको भन्दै जतिबेला पनि त्यस्तो व्यापार व्यवसायको अन्त्य गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस