तुलसीपुर , ११ भदौ । तुलसीपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी निवासी अन्दाजी ४५ वर्षीय जोगीलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उरहरी चोकको ट्रान्समिटर नजिक व्यानर टाँस्ने क्रममा सोमवार विहान सवा ११ वजेतिर चौधरीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको हो । मृतक चौधरी अमर मावि उरहरीका कार्यालय सहयोगी हुनहुन्थ्यो । विद्यालयमा यसै वर्षदेखि सञ्चालन हुन लागेको पशु विज्ञान कार्यक्रमको व्यानर टाँस्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतक चौधरी २०३८ सालदेखि उक्त विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो ।

चौधरीको निधनप्रति विद्यालयले दुःख व्यक्त गरेको छ । विद्यालय ब्यवस्थापन समितिको बैठकले चौधरीको दुःखद् निधनले एउटा लगनशील कर्मचारी गुमाएको ठहर गरेको छ । चौधरीको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि विद्यालयले गरेको छ । बैठकले परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस