घोराही, ११ भदौ । घोराही उपमहानगरपालिका–२ मा जनप्रतिनिधिहरुले स्थानीय सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । वडा नं. २ का अध्यक्ष केशव आचार्य र सदस्य टार्जन खड्कालगायतको टोलीले जनता मावि बुका, प्रावि निमुरिया र प्रावि पलाँसेको अनुगमन, निरीक्षण गर्नुभएको हो ।
अनुगमनका क्रममा जनता मावि बुकामा विद्यालय समयमा नआउने ४ जना शिक्षकहरुलाई घर फिर्ता गरिएको थियो । त्यसैगरी विद्यालय समयमा शिक्षक, विद्यार्थी विद्यालय आए नआएको, नियमित कक्षा सञ्चालन भए नभएको, विद्यालयमै धुम्रपान, मद्यपान तथा सूर्तीजन्य वस्तुको सेवन गरे नगरेको जाँच गरिएको वडा अध्यक्ष केशव आचार्यले जानकारी दिनुभयो । साथै उहाँले शिक्षक एवं विद्यार्थीहरुलाई १० वजे नै विद्यालय आइपुग्न निर्देशन दिनुभएको थियो । उहाँले विद्यालय समयमा आए पनि मध्यान्तरपछि भागेर जाने शिक्षक, विद्यार्थीहरुलाई सचेत गराउँदै अनिवार्य विद्यालय पोशाक लगाउन समेत निर्देशन दिनुभएको थियो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर घट्दै गएको भन्ने गुनासो बढेको भन्दै वडाअध्यक्ष आचार्यले सवैको प्रयासले सामुदायिक विद्यालयलाई नमुना बनाउन सकिने बताउनुभयो । उहाँले सबै इमान्दार भएर काम गर्न समेत आग्रह गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस