घोराही, १२ भदाै । राप्ती उपक्षेत्रीय अस्पतालको सेवा थप प्रभावकारी बनाउन माग गर्दै  नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरुले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्य र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाइएको हो ।

राप्ती उपक्षेत्रीय अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ तथा मेडिकल अफिसरको पदपूर्ति गरिनुपर्ने, लामो समयसम्म निमित्त मेसुको भरमा अस्पताल सञ्चालन भइरहेकोले मेसुको व्यवस्था गरिनुपर्ने, अस्पतालको फार्मेसीमा औषधिको अभाव रहेकोले तत्काल औषधिको व्यवस्था गरिनुपर्ने, अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, फोहर व्यवस्थापनलगायतका कामहरु तत्काल गरी नागरिकलाई सर्वसुलभ उपचार सेवा प्रदान गर्नुपर्ने  विषयलाई ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले नाम उपक्षेत्रीय भए पनि सेवा अञ्चल अस्पताल सरहको पनि नभएको भन्दै सेवा बृद्धिका लागि सक्दो पहल गर्ने र ज्ञापनपत्रलाई तत्काल सम्बन्धित निकायमा पठाइदिने प्रतिवद्धता जनाउनुभयो । अस्पतालको समस्याप्रति आफू पनि जानकार रहेकोले समाधानका लागि पटक पटक छलफल समेत गरिसकेको उहाँले बताउनुभयो ।

सरोकार वालाहरुले जिल्लाका निर्माणाधीन पुल र सडकको काममा भइरहेको ढिलाइप्रति पनि गम्भीर भएर लागिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस