दाङ, १४ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा बुधवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रम दुई दिनसम्म चलेको थियो ।

समीक्षामा जिल्लाका दशैवटा स्थानीय तह, विषयगत कार्यालय र गैरसरकारी संस्था गरेर ४४ वटाले गत आर्थिक वर्ष २०७४/०७५ गरेका कार्य सम्पादनको बारेमा प्रस्तुती राखेका थिए । समीक्षा कार्यक्रममको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले स्थानीय श्रोत साधनको प्रयोग गरेर जनताको आयस्तर बढाउनतिर अब स्थानीय सरकार लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँका अनुसार समीक्षाले स्थानीय तह, कार्यालय र गैरसरकारी संस्थालाई नागरिकप्रति थप जवाफदेही बनाउन सहयोग पुगेको छ । उहाँले परम्परागत रुपमा गरिने विकासले जनताको अपेक्षालाई सम्वोधन गर्न नसक्ने भन्दै विकासको मोडेल सुधार गरेर जानुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले स्थानीय तह र अन्य कार्यालय र संस्थाले गरेको कामको बारेमा छलफल भएको बताउनुभयो । ‘विकास व्यवस्थापन कुन ढंगले भएको छ भन्ने कुरा सबैले सिक्ने र बुझ्ने अवसर यो समीक्षाले दिएको छ’ समन्वय अधिकारी गौतमले भन्नुभयो । अधिकांश पालिकाले पूर्वाधारमा लगानी गरेको भन्दै उहाँले विकासको लागि सामाजिक र आर्थिक विकास पनि त्यत्तिकै आवश्यक भएको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस