दाङ, १९ भदौ । हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा भदौ २२ गतेदेखी २८ गतेसम्म हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक मूल समितिले जानकारी दिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा हुने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ को तयारी अन्तर्गत ८० प्रतिशत तयारी पूरा भइसकेको मूल समितिका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो ।
घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा हुने तीज महोत्सवका लागि भौतिक निर्माण अन्तर्गत बालउद्यानका सामग्रीहरु तयारी, बाउण्डर, मूल गेट एवं स्वागत गेट निर्माण, मुख्य मञ्च निर्माण लगायतका काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा खुला तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने भएको छ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै महोत्सवमा चर्चीत कलाकारहरुको प्रस्तुति रहने छ ।
सांंस्कृतिक महोत्सवमा दैनिक हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो । जसमा नेपाली चलचित्र क्षेत्रका कलाकार एवं चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा दैनिक स्थानीय डान्स एकेडेमीहरुको प्रस्तुति रहने छ । नयाँ प्रतिभाहरुलाई पनि महोत्सपवमा स्थान दिने प्रचारप्रसार उपसमितिका संयोजक रामसिंह विश्वकर्माले जानकारी दिनुभयो ।
महोत्सवमा बाल उद्यान
तीज महोत्सवमा बाल उद्यानका सामाग्रीहरु पनि राखिने आयोजकले जनाएको छ । जसमा झुला र डुंगा पिङ, रेल, बालबालिकाहरुका लागि खेलहरु रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस