लक्ष्मण बस्नेत
दाङ, २३ भदौ । तेक्वान्दो ग्रेडिङ तथा दीक्षान्त समारोह शनिवार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको समारोहमा सिनियर ब्ल्याक बेल्टतर्फ १३ जना र जुनियरतर्फ ९४ जना गरी जम्मा १ सय सात जना खेलाडी दीक्षित भएका छ्न ।

यसरी दिक्षित हुनेमा हाम्रो पहुँच तेक्वान्दो डोजाङबाट सिनियर ब्ल्याक बेल्टतर्फ ९ जना र बेल्झुण्डी तेक्वान्दो डोजाङबाट ४ जना रहेका छ्न । ग्रेडिङ तथा दीक्षान्त समारोहमा हाम्रो पहुँच, डिभाइन टेम्पल र बेल्झुण्डी तेक्वान्दो डोजाङका सिनियर तथा जुनियर खेलाडीको सहभागिता रहेको थियो । ग्रेडिङ कार्यक्रमको मुख्य प्रशिक्षकमा नेपाल तेक्वान्दो संघ प्रदेश न‌ं. ५ का कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनार, तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियार,भोलेन्टिएर प्रशिक्षक स्वागत परियार रहनुभएको थियो ।कार्यक्रम बेल्झुण्डी तेक्वान्दो डोजाङका संरक्षक शिवकुमार थापाको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं. ५ का उपाध्यक्ष एवं तेक्वान्दोका पूर्ब राष्ट्रिय खेलाडी जीतबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुदको विकासविना देशको समृद्धि असम्भव भएको बताउनुभएको छ । “व्यावसायिक खेलकुद अबको गन्तव्य बन्न सक्नुपर्छ त्यसैमा देशको समृद्धि छ” उहाँले भन्नुभयो ।। विकास,अनुशान र गतिशीलतालाई एउटा खेलाडीले उच्च आदर्शका रुपमा पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा मध्यपश्चिम क्षेत्रीय भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमाल, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम, तुलसीपुरनगर जेसीजका अध्यक्ष दीपेश भण्डारी, निवर्तमान अध्यक्ष विमल पौडेल, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरका शिक्षक तिलक कालाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस