अमरराज आचार्य
दाङ, २६ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । संघले एक कार्यक्रमको आयोजना गरी रिपुमर्दन गण घोराहीमा सरुवा भएर आएका प्रमुख सुमनकुमार थापालाई स्वागत तथा सरुवा भएर जान थालेका भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेलाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै रिपुमर्दन गणका प्रमुख थापाले आफू सामाजिक कार्यमा सबैसँग मिलेर अगाडि बढ्ने बताउनुभयो । नेपाली सेना सामाजिक कार्यमा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको थापाको भनाइ थियो । बिदाइ भएर जान लागेका भवन डिभिजन कार्यालयका प्रमुख पाण्डेले जिल्लामा काम गर्दा सबैको सहयोगले आफूलाई काम गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले काममा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीलाई संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस