महेश बस्नेत
घोराही, असोज ५ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनीविरुद्ध र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमहरु शुक्रबार सम्पन्न भएका छन् । विद्यालयको आयोजना तथा अस्थायी प्रहरी पोष्ट सर्राको समन्वयमा सचेतना कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

विद्यालयका प्रिन्सिपल केशवराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अस्थायी प्रहरी पोष्ट सर्राका प्रहरी नायव निरिक्षक देवराज ओलीले विद्यार्थीहरु समाज परिवर्तन र सुचनाका संवाहक भएको हुँदा समाज सुधारसम्वन्धि सचेतनाहरु समाजमा प्रवाह गर्नुपर्ने बताउनु भयो । अहिले किशोरकिशोरीहरु अत्यधिकमात्रामा लागुऔषध दुर्व्यसनको लतमा जानेर वा नजानेर फस्ने गरेको हुदाँ त्यसतर्फ विद्यार्थीहरु सचेत रहन सुझाव दिनुभयो ।यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नारायणपुर ट्राफिक प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक नन्द कुमार पोखे्रलले सबै नागरिकले आ–आफ्नो स्थानबाट ट्राफिक नियमको इमान्दारीपुर्वक पालना गरेमा अधिक दुर्घटनाहरु न्युनिकरण हुने बताउनु भयो । पैदल यात्रु, सवारी यात्रु तथा सानाठुला सवारीचालकहरु यात्रा गर्दा सचेत रहेनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव निरिक्षक देवराज ओलीले विद्यार्थीहरुलाई लागु औषध दुव्र्यशनका विषयमा प्रशिक्षण दिनुभएको थियो भने विशिष्ट अतिथि अर्का प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेलले ट्राफिक नियमका विषयमा प्रशिक्षण दिनुभएको थियो । लागुऔषध दुव्यर्शनी र ट्राफिक नियम सम्बन्धि विषयमा कक्षा सातदेखि कक्षा दशसम्मका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियोे भने ट्राफिक नियम सम्वन्धि विषयमा कक्षा तीनदेखि कक्षा छ सम्मका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्ति मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो । उक्त सचेतना कार्यक्रमहरुमा करिब दुई सय विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस