घोराही, ५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १३ का समीर वलीले कुखुरा पालन व्यावसाय गर्न थालेको दुई बर्ष भयो । यो समय अवधीमा उहाँले छ लट कुखुरा पाल्नुभयो । तर लगानी अनुसारको उपलब्धी पाउन सक्नुभएको छैन् । प्राबिधिक कुरा नजान्नु । कसरी पालन गर्ने, दानापानीको व्यवस्थापन, हावापानी, स्थानको अवस्था ठीक नहुँदा उहाँले लगानी अनुसारको प्रतिफल पाउन सक्नुभएको छैन् ।

तीन लट जतीको कुखुराहरु मर्दा घाटा बेर्हाेनुभयो । व्यावसायी दर्ता र विमा नगर्दा व्यावसायीक रुपमा माथी उठ्न पाउनुभएन । यो संगै दानाको मुल्यमा एक रुपता नहुँनु, चल्लाको मुख्यका साथमा पालिएका कुखुराको भाउमा एक रुपता नहुँनु व्यावसायीक असफलता भोग्नुपरेको उहाँको भनाई छ । उहाँ जस्तै सोही ठाउँका बसन्त वलीले पनि समस्या भोग्नुभएको छ । कखुुरापालन सम्बन्धी तालिम तथा परामर्श नहुँदा व्यावसायीक समस्या भोग्नुपरेको बताउनुभयो । दाना, चल्लाको मुल्यमा फरकता भएको उहाँको भनाई छ । यी मुल्यमा एक रुपमा हुँन आवश्यक छ, उहाँले भन्नुभयो ।

शुक्रवार घोराहीमा सुरक्षित कुखुरा तथा दाना व्यावसायी समितिको ११ औं साधारण सभा तथा पाँचौ अधिवेशनमा वोल्ने कृषकहरुले नेतृत्वसंगै यस्तै गुनासो गरेका थिए । कार्यक्रममा वोल्ने अधिकाशंले कुखुरा पालन सम्बन्धी तालिम र प्रबिधिको माग गरे । भने दाना र कुखुरा तथा चल्लामा मुख्य एकरुपता कायम गर्नुपर्ने बताएका थिए ।

समितिका अध्यक्ष मिनु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघका संघका अध्यक्ष नारायण भुषालले दाङ जिल्ला कुखुरा र अण्डामा आत्मनिर्भर हुन थालेकोमा खुशी व्यक्त गर्र्दै यसलाई बढावा दिन आग्रह गर्नुभयो । यसका साथै व्यावसायी सुरक्षाका लागि विमा सम्बन्धी कुराहरुलाई जोड दिनुपर्ने बताउनुभयो । कृषकहरुको मागअनुसार कुखुरा पालन सम्बन्धी तालिम संचाालनमा भूमिका निर्वाह गर्ने कुरा बताउनुभएको थियो ।

व्यावसायीहरु उत्पादनमुखी रुपमा अगाडि बढेपनि सरकारले हेर्ने दृष्टीकोणमा परिवर्तन भएकोमा गुनासो गर्नुभयो । सरकार व्यावसायीक हकहितको पक्षमा नभएको आरोप उहाँको थियो । कार्यक्रममा पशु ज्ञान केन्द्र तथा भेटेनरी अस्पतालका प्रमुख डा लोक बहादुर केसी, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, चन्दन भण्डारी, कुमार सिंह पुन, घोराही १५ का वडा सदस्य दिलिप डिसी, कृषक गिरीराज अधिकारी लगायतले बोल्नुभएको थियो ।

पूर्व अध्यक्ष मोहन आचार्यको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा सचिव निम बहादुर थापाले प्रगती प्रतिवेदन र कोषाध्यक्ष पोषण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव निम बहादुर बुढाथोकीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस