दाङ, ८ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा २४ लाख रकम दान संंकलन भएको छ । महायज्ञको आठौँ दिनसम्म २४ लाख ७ हजार ७ सय ४ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाका लागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा सोमवार १० लाख २० हजार ७ सय ८१ रकम संकलन भएको छ ।महायज्ञमा सोमवार प्यूठान विजुवार हाल घोराही उपमहानगरपाकिला वडा नम्बर १५ रतनपुरका बसन्तराज थापा (प्रकाश) ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान दिनुभएको छ । नयाँ उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा वसन्तराज थापा र उहाँकी धर्मपत्नी सुशीला केसी थापाले स्व.आमा चन्द्रावती थापाको स्मृतिमा सो रकम दान गर्नुभएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिनुभयो । थापा परिवार यस महायज्ञमा सबैभन्दा धेरै दान गर्ने दम्पती बनेको छ ।

यस्तै सोमवार गेहेन्द्रदेवी भट्टले ६६ हजार ६ सय ६६ रुपैयाँ, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले २६ हजार ५ सय ५ रुपैयाँ दान गर्नुभएको लेखा समितिका संयोजक केशव गिरीले जानकारी दिनुभयो ।

एक करोड दीप प्रज्वलन
शिद्धी विनायक सत्संग सेवा समिति दाङको आयोजनामा घोराहीमा जारी महायज्ञमा सोमवार १ करोड दीप प्रज्ज्वलन गरिएको छ । महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्ज्वलन गरिएको हो । दाङमा एक करोड दीप प्रज्ज्वलन एकै स्थानमा गरिएको यो पहिलो पटक हो । पितृहरुको सम्झनामा स्वेच्छाले भक्तजनहरु दीपसहित उपस्थित भएको पूजा उपसमितिका संयोजक यज्ञश्वरी चन्दले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस