दाङ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी घोराही १२ ले सोमबार श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पार्टीका नेता रुद्र बुढाकी आमा लीलामति बुढाको तेह्रौं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

पूर्व एमाले वडा नम्बर १२ का इञ्चार्ज दोर्ण बहकरीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख गेहेन्द्र बस्नेतले दिवंगत लिलामती बुढाको मृत्युले पार्टीलाई ठूलो नोक्सानी भएको बताउनुभयो । बुढा परिवारले पार्टी निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रमुख अतिथि बस्नेतले उहाँको निधनले सिंगो पार्टी शोकमा रहेको बताउनुभयो ।

श्रद्धाञ्जली सभामा विशिष्ट अतिथि कम्युनिष्ट पार्टीका नेता गोविन्द आचार्य, मदन अधिकारीलगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मृतक लिलामतीका छोरा रुद्र बुढाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन प्रकाश घिमिरेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस