दाङ, १५ असोज । घोराही उपमहानगरपालिका १९ मा समूह सदस्यका लागि अनुशिक्षण तालिम सम्पन्न भएको छ । घोराही उपमाहनगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष हर्क घर्तीमगरले गर्नुभएको । तालिममा समूह, बचत, लैङ्गिक हिंसा, घरेलु हिंसा र निवारण र महिला सशक्तीकरणका विषयमा महिला निरीक्षक राधा भट्टराई र खुमा डिसीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य जंग रोका, नेकपा प्रतिनिधि उदय विश्वकर्मा, कोइलाखानी टोल विकास सस्थाका अध्यक्ष अनन्तबहादुर भण्डारी र तोष माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोइलाखानी टोल विकास संस्थाका आमा समूहमा आबद्ध २८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस