दाङ, १७ असोज । घनश्याम बुढाथोकी स्मृति प्रतिष्ठान दाङले तत्कालीन नेकपा एमालेका नेता स्व. घनश्याम बुढाथोकीको छैठौँ स्मृति दिवस मनाउने भएको छ । प्रतिष्ठानको बुधवार घोराहीमा बसेको बैठकले असोज १९ गते स्मृति दिवस घोराही उपमहानगरपालिकाको सभा हलमा मनाउने निर्णय गरेको हो ।
स्मृति दिवसमा कम्युनिष्ट पार्टीका संस्थापक सचिव तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र कम्युनिष्ट कोअर्डिनेशनका संस्थापक सदस्य मेघबहादुर बिसीलाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव सूर्य बिसीले जानकारी दिनुभयो ।
त्यसैगरी प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै स्रष्टा केशव थापालाई घनश्याम स्मृति प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । थापा प्रगतिशील लेखक संघ दाङका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । बैठक प्रतिष्ठानका अध्यक्ष छविलाल वलीको अध्यक्षतामा बसेको थियो ।
जनतामाझ निकै लोकप्रिय रहेका बुढाथोकी तत्कालिन नेकपा एमाले दाङ क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । आन्दोलनमा सहभागी हुन जाने क्रममा उनको ०६९ साल असोज १९ गते घोराहीको दीपशिखा चोकमा सवारी दुर्घटनामा परेर निधन भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस