दाङ, १७ असोज  । जातीय लाञ्छना लगाउँदै तुलसीपुरमा एक बृद्ध कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ दूधरास स्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई लिएर जातीय लाञ्छना लगाउँदै कुटपिट गरेका हुन् ।
पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट गरेको कर्णबहादुरले बताउनुभयो । ‘कामीले पानी छुनु हुन्न’ भन्दै कुटपिट भएको कर्णबहादुरले जानकारी दिनुभयो । ‘खेतमा पानी चाहार्ने पालो मेरो थियो, मसहित चारजना मिलेर मोहोडाबाट खोला थुनेर पानी ल्याएका थियौँ ।’ कर्णबहादुरले भन्नुभयो, ‘मेरो पालोमा पन्थीले आफ्नो खेतमा हाले पछि मैले पानी खोलेर मेरो खेतमा हाल्न खोजेँ ।’ उहाले भन्नुभयो ।
‘कामीले पनि खेतमा पानी हाल्ने ? भन्दै उहाँले मलाई फरुवाले ढाडमा हिर्काउनु भयो ।’ उहाँले भन्नुभयो, ‘अहिले औषधि खाइरहेको छु । बाहिरबाट चोट देखिन्न । तर राम्रोसंँग सुत्न सकिदैन ।’ पन्थी परिवारले आफूलाई पटक पटक कुटपिट समेत गर्दै आएको कर्णबहादुरको भनाइ छ । करिब १० वर्ष पहिले पनि बाउ तामलाल पन्थीले कुटपिट गरेको, केही वर्ष पहिले कृष्ण पन्थीले कुटपिट गरेर र अहिले पनि तिर्थ पन्थीले कुटपिट गरेको जानकारी दिनुभयो ।
पटक पटक कुटपिट गर्ने र मिलाउने काम भैरहेको उहाले बताउनुभयो । तर यो पटक न्यायको माग गर्दै कर्णबहादुरले अदालतमा मुद्धा दर्ता गर्ने थालेको जानकारी दिनुभएको छ । दुधरास स्थित अस्थायी प्रहरी चौकीले कुटपिट भएको जुरुरी परेको र छानविन गरेको बताएको छ । कुटपिट गर्ने ब्यक्ति फरार रहेको चौकीले बताएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस