दाङ, १७ असोज । घर भत्किएर पीडित भएका व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । संघले घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोलमा रहेको साइला दाइ किराना पसलका प्रोपाइटर दिलबहादुर गिरीलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

पीडित गिरीलाई संघले व्यावसायिक सुरक्षा कोषबाट सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रलेले जानकारी दिनुभयो । आफ्ना सदस्यलाई अप्ठेयारो परेको समयमा थोरै भए पनि सहयोग मिलोस् भनेर सहयोग गरेको संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । संघले आफ्ना सदस्यहरुलाई अप्ठेरो पर्दा सहयोग गर्दै आएको छ ।

गिरीको घर गएको भदौ २७ गते राती भत्किएको थियो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस