घोराही, २१ असोज । दाङको घोराहीमा दुईवटा मोटरसाईकल आपसमा ठोकिदा पैदलयात्रु घोराही ३ कुइरेपानीकी ३८ वर्षीया तिला परियार गम्भिर घाइते हुनुभएको छ । पैदल हिँडिरहेकी परियार मोटरसाइकल जुधेपछि उछिट्टिएर सरिया लोड गरेको टेक्टरमा ठोक्किँदा ३ वटा सरिया छातीको वारपार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरी प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
घोराही रेडियो मध्यपश्चिम नजिकै लु ३४ प २४२९ नम्वर र रा २ प ५२५८ नम्वरको मोटरसाइकल आपसमा ठोकिदा पैदल यात्रु परियार ठक्कर दिई फलामको सरिया लोड गरी रोकिराखेको रा १ त २३२० नम्वरको टेक्टरमा ठोक्किन पुग्दा उहाँको शरीरमा सरिया गाभिएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परेका दुईवटा मोटरसाईकल र टेक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ३४ प २४२९ नम्वरको मोटरसाइकल अनटेस्ट भएको र उक्त मोटर साइकलका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस