घोराही, २१ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले रोल्पाका कमला थापालाई बीमा बापतको १२ लाख बढी रकम हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका बिमित सुनिल स्मृति गाउँपालिका–६ रोल्पाका सुरेश थापाको मृत्यु भएपछि उहाँकी श्रीमतीलाई बीमावापतको १२ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको कम्पनीका घोराही शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
तीन वर्ष अघि जीवन सहारा बीमा गराएका मृतक थापाले हालसम्म किस्ता वापत ३ लाख ३२ हजार ८ सय १६ रुपैयाँ बुझाएकोमा उहाँको तीनवर्षको हुन आउने बोनस २ लाख ६० हजार र बीमा रकम १० लाख गरी जम्मा १२ लाख ६० हजार रुपैयाँ रोल्पा पुगेरै शाखाले हस्तान्तरण गरेको हो । बिमितको घरदैलोमै पुगेर रकम हस्तान्तरण गर्ने नीति अनुरुप कम्पनीले थापाको ठाउँमै पुगेर कार्यक्रम गरी रकम हस्तान्तरण गरेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मृतककी पत्नी कमला थापाले बिमा वापतको रकमले थोरै भए पनि जीवनयापनमा सहजता ल्याउने बताउनुभयो । श्रीमान्को अभावमा परिवार पाल्न कठिन भएको अवस्थामा केही सहयोग भएको उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ एजेन्सी म्यानेजर प्रमोद बुढाले बीमा जोखिम बहनका लागि मात्रै नभएर सुरक्षित बचत र लगानी समेत भएको बताउनुभयो । अवधिको समाप्तिसँगै आफ्नो लागनीको प्रतिफलसहित ठुलो मात्रामा रकम आउने मात्र नभई केही दुर्घटना भैपरी आएमा जोखिम बहन समेत हुने भएको हुँदा हरेक नागरिकका लागि बीमा आवश्यक भएको उहाँको धारणा थियो ।
कम्पनीले बिमितको चाहनाअनुसार दर्जन बढी योजना बजारमा ल्याएको एजेन्सी म्यानेजर मिलन रोकामगरले बताउनुभयो । बिमितको इच्छा, उनीहरुको जोखिमको प्रकृति अनुसार कुनै पनि बीमा गर्न सकिने उहाँले बताउनुभयो । बीमामा गरेको लगानी परिवारको लागि जीवनमा आउने जोखिम एवं बुढेसकालको सहाराका लागि निकै उपयोगी भएको उहाँले बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस