घोराही, २३ असोज । घोराही उपमहानगरपालिकाका वडाहरुमा बाल सञ्जाल र किशोरी समूह गठन प्रकृया सुरु भएको छ । वडास्तरीय बाल क्लव र किशोरी समूह गठनका लागि वडाहरुले तिब्रता दिन थालेका छन् ।
यसैक्रममा वडा नम्बर १६ मा बुद्ध बाल सञ्जाल र नवज्योती किशोरी समूह गठन भएको छ । वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं महिला बालबालिका तथा सामाजिक विकास शाखाका खुमा डिसीको उपस्थितीमा सानीअम्बापुर विद्यालयमा भएको भेलाबाट २५ सदस्यीय बाल सञ्जाल र २७ सदस्यीय किशोरी समूह गठन गरिएको हो ।
बाल सञ्जालको अध्यक्षमा प्रशान्त गौतम, उपाध्यक्षमा विवेक परियार, सचिवमा रेजिना डिसी, सहसचिवमा मनिषा घर्तीमगर र कोषाध्यक्षमा रोशिका बिसी चयन हुनुभएको छ । सञ्जालको सदस्यहरुमा सनिष्मा चौधरी, अर्जुन खत्री, सुदीप बस्नेत, एन्जील धामी, दीपिका वली, सृजना पाण्डे, सक्षम भण्डारी, अन्जना थापा र विजय कार्की चयन हुनुभएको छ ।
त्यसैगरी किशोरी समूहको अध्यक्षमा झरना डिसी, उपाध्यक्षमा सृजना परियार, सचिबमा सुनमाया बस्नेत, सह सचिबमा आशिका रोका र कोषाध्यक्षमा शिक्षा पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा सविता खड्का, रुपा पुन, श्रृष्टि चौधरी, समिक्षा घर्तीमगर, दिलमाया बाठा, जानकी भण्डारी, संगिता चौधरी, सुनिता बुढामगर, खिमा भण्डारी, मिना चौधरी र तुल्सी रावतलाई चयन गरिएको छ ।
अन्य सदस्यहरुमा सरिता रावत, अम्मी बुढा, निशा चौधरी, अमृता चौधरी, कमला खड्का, अन्जु घर्ती मगर, रिणु डिसी, सुस्मीता चौधरी, लक्ष्मी चौधरी र सुशीला थापा रहनुभएको छ । सञ्जाल र समूहको बैठक प्रत्येक महिनाको पहिलो शनिबार बिहान ११ बजे बस्ने निर्णय भएको वडा कार्यालयका सामाजिक परिचालक बिन्दु नेपालीले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस