महेश बस्नेत
घोराही, २३ असोज । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले क्रियाकलापमा आधारित शिक्षण सिकाईबारे सोमबार र मंगलबार अभिभावकहरुलाई प्रशिक्षण दिएको छ । घोकेरभन्दा व्यवहारिक अभ्यास गरेर सिकाई प्रभावकारी हुन्छ भन्ने मान्यताका साथ ज्ञानमालाले यसै वर्षदेखि क्रियाकलापमा आधारित पाठ्यक्रम लागु गरेको छ ।

विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा शैक्षिक विकासका लागि विभिन्न क्रियाकलाप गराएर व्यवहारिक शिक्षण सिकाइ गराउँदै आएको विद्यालयका प्रिन्सिपल केशवराज गिरीले बताउनुभयो । विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालय र शिक्षक/शिक्षिकाहरुको मात्र नभई अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने हुँदा अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुप्रति जिम्मेवारीबोध र सचेत गराउन प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो ।पूर्वप्राथमिक तहदेखि माध्यामिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाई क्रियाकलापकै माध्यमबाट विद्यालयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी अभिभावकहरुले क्रियाकलापमा आधारित सिकाइ प्रभावकारी भएको बताए । व्यवहारिक ज्ञान हासिल गर्न क्रियाकलाप केन्द्रित शिक्षण जरुरी रहेको उनीहरुको प्रतिक्रिया थियो ।

कार्यक्रममा क्रियाकलापमा आधारित शिक्षण सिकाइका विज्ञ ढुण्डीराज गिरीले प्रशिक्षण दिनुभएको थियो । हालसम्म पूर्व प्राथमिक तहमा मात्रै शुरु भएको क्रियाकलापमा आधारित शिक्षण अब मावि तहसम्मै सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस