भालुबाङ, ७ कार्तिक । देउखुरीको भालुबाङमा बुधबार बिहान एक युवकको शव फेला परेको छ । पुरानो भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

राप्ती नदीमा बनाइएको तार जालीको तटबन्धमा अड्कीएको अवस्थामा शव फेला परेको छ । यसअघि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालुखोलामा एक बृद्धको शव फेला परेको थियो । ती बृद्धको शव अहिलेसम्म पनि सनाखत हुन सकेको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस