रुकुम, ७ कात्तिक । रुकुम पश्चिमको चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको छ । १७ महिनादेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो ।

अब सातामा दुईदिन बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज र बिहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुनेछ । पहिलो दिन बुधबार चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाई यात्रा गरेका छन् ।

झण्डै डेढबर्षपछि हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन् । त्यस्तै रुकुम पश्चिम लगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ ।

नेपाल बायुसेवा निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादर समेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौंका लागि आठ हजार र नेपालगञ्जलाई तीन हजार भाडादर निर्धारण गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस