तुलसीपुर, १३ कार्तिक । कुलोको विषयमा विवाद हुँदा तुलसीपुरमा ७३ वर्षीय एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ६ गोलौराका ७३ बर्षिय सुकलाल भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राइखलियान सडकखण्डअन्तर्गत पानीकुलोको विषयलाई लिएर सोही ठाउँका ४० वर्षिय मैमान बस्नेतले कुटपिट गर्दा भण्डारीको ज्यान गएको प्रहरीले बताएको छ ।

घटना सोमवार बेलुकी साढे ६ बजेतिर भएको हो । हत्या गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस