तुलसीपुर, १३ कार्तिक । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अबको पाँच बर्षमा ९५ प्रतिशत घरधुरीमा पानीको पहुँच पुर्‍याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँका स्थानीयबासीले बुझाएको पानीसहित विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझ्दै उहाँले एक घर एक धारा भन्ने सरकारको नीतिअनुसार सबै घरमा पानी पुग्नेगरी सरकारले काम गर्न थालेको बताउनुभयो ।

जनतालाई निराश पार्ने काम आफूले नगर्ने भन्दै उहाँले नयाँगाउँमा डिपबोरिङका लागि यसैवर्ष बजेट छुट्याउने बताउनुभयो । पानी, शिक्षा, स्वास्थ्य र सडकका लागि सरकार गम्भीर भएको भन्दै सांसद केसीले ठुल्ठुला योजना भन्दा पनि तत्काल देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो ।

शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेकपाका नेता उपेन्द्र गौतम, कमल केसी, नवीन कवँर, सुरेश आचार्य, युवासंघका जिल्ला सदस्य सन्तोष वली, पर्वती वलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण टोल विकास संस्थाका रेगबहादुर भण्डारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस