घोराही, १५ कार्तिक । शुक्रबार घोराहीमा हुने कार्यक्रमका लागि अशोक दर्जी सहितको कलाकार टोली दाङ आइपुगेको छ । “मनविनाको धन ठुलो कि, धन विनाको मन” कार्यक्रम पश्चिम नेपालमै पहिलो पटक भोलि १६ गते दाङमा आयोजना गरिएको हुँदा सोही कार्यक्रमका लागि टोली घोराही आइपुगेको हो ।
कार्यक्रममा सहभागी हुन अहिलेका चर्चित बाल गायक अशोक दर्जी, चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी, एआर बुढाथोकी, मिस्टर आर जे, मोडलहरु निशा घिमिरे, अञ्जु मगर र शान्ति रम्तेल दाङ आइपुग्नुभएको छ ।
ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा तिहारको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रोत्साहन गर्नका लागि अहिलेका चर्चित बालगायक अशोक दर्जी, एआर बुढाथोकीले आफ्नो प्रस्तुति राख्नेछन् ।
घोराहीको कर्मचारी मिलन केन्द्रमा दिउँसो १२ बजेदेखि कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सुनिल बिसीले बताउनुभयो । मञ्च व्यवस्थापन, प्रचारप्रसार तथा आवस्यक सम्पूर्ण तयारी पूरा भैसकेको आयोजकले बताएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस