घोराही, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले १६ लाख बढीको रिचार्जकार्डसहित एक युवकलाई पक्राउ गरेको छ । घोराहीको एक वितरकबाट नेपाल टेलिकमको रिचार्जकाड चोरी गरेका उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नं. १ निवासी २१ बर्षीय दलवहादुर पुनलाई इलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचार्ज कार्ड समेत बरामद गरिएको प्रहरीले बताएको छ । ९० हजारको रिचार्जकार्ड भने बिक्री गरिसकेको प्रहरीले बताएको छ । रिचार्ज चोरी गरी रोल्पा थवाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

उनलाई पक्राउ गरेपछि रोल्पा र उनको ससुराली प्युठान स्वर्गद्धारी नगरपालिका वडा नं. ७ मा लुकाई छिपाई राखेको अबस्थमा रिजार्च कार्ड बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो । त्यस्तै प्युठानबाट ५० दरका रिचार्जकार्ड तीनहजार छ सय थान र एकसय दरका आठहजार पाँचसय थान र पाँचसय दरका तीनसय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

जम्मा १६ लाख दश हजार बरामद गरिएको छ र थप रिचार्जकार्डका सम्बन्धमा उनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । असोज २३ गते रिचार्जकार्ड चोरी भएको भए पनि २१ दिनपछि उनलाई पक्राउ गरिएको हो ।

ना ६ ख ९३४५ नम्बरको गाडीबाट दाङ–चितवन लैजादै गरेका रिचार्ज कार्ड भालुबाङबाट चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । घोराहीस्थित शुभम् नमस्ते वितरकले नमस्तेको रिचार्ज चोरी भएको प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खाजीकार्य सुरु गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस