घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । नगरको मातहतमा रहेका स्वास्थ्य केन्द्रहरुको बार्षिक समिक्षा कार्यक्रममा नगर प्रमुख चौधरीले उपचार मात्रै नभई व्यक्ति स्वस्थ रहने उपायहरुलाई समेत सिकाउन निर्देशन दिनुभएको हो ।
घोराही उपहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको दुईदिने समिक्षा कार्यक्रममा नगर प्रमुख चौधरीले भएका स्रोत साधनको अधिकतम प्रयोग गरी विरामीहरुलाई निको बनाउने गरी जिम्मेवारी पुरा गर्न आग्रह समेत गर्नुभयो ।
सकभर बिरामी हुने र औषधि खाने वातावरण नै बनाउन नहुने भन्दै उहाँले स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सन्देश फैलाउने सम्वाहक बन्न समेत सुझाब दिनुभयो । खानपान, शारिरीक व्यायम, सरसफाईमा विषेश ध्यान दिन सके मात्रै व्यक्ति स्वस्थ हुने भन्दै नगर प्रमुख चौधरीले इमान्दारी ढंगबाट सेवामा खट्न आग्रह गर्नुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरु जनताको सेवक भएको भन्दै उहाँले अधिकतम सेवालाई सहज र सुलभ बनाउनेमा आफूहरु प्रतिबद्ध हुनै पर्नेमा जोड दिनुभयो । जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, वडा नम्बर २ का अध्यक्ष केशव आचार्य, ५ का अध्यक्ष विष्णुमणि दाहाल, १० का अध्यक्ष चित्रबहादुर डाँगी, १४ का अध्यक्ष शक्तिराम डाँगी, १८ का अध्यक्ष भरत अर्याल, कार्यपालिका सदस्य टोपाकुमारी पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती लगाएतकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
दुईदिन चलेको समीक्षा कार्यक्रममा नगर मातहतमा रहेका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रले दिएका सेवाका बारेमा जानकारी गराउदै आगामी दिनमा सेवालाई थप गुणस्तरीय र प्रभाबकारी बनाउनेमा स्वास्थ्यकर्मीहरुले प्रतिबद्धता जनाएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस