दाङ, १६ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले दाङमा रहेका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरुलाई जिल्लाको सवाल बारेमा ध्यानाकर्षण गराएको छ । वन महासंघले डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटा र डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तालाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा यस्तो ध्यानाकर्षण गराइएको थियो ।
जिल्लामा भरखरै जिल्लामा सरुवा भई आउनुभएका अधिकृतहरु सापकोटा र गुप्तालाई स्वागत गर्दै जिल्लाको वनको अवस्थाका बारेमा जानकारी गराइएको थियो । वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले दुवै डिभिजन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्दै उहाँहरुको कार्यकालमा जिल्लाको वन तथा वातावरणको सवालमा उल्लेखनीय भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले सामुदायिक वन महासंघले उठाउँदै आएका सवाल, जिल्लामा रहेका चुनौति, अब गर्नुपर्ने रणनीति र सहकार्यका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्लामा रहेका सवाल र चुनौति समेटिएको ज्ञापनपत्र दुवै डिभिजनका प्रमुखहरुलाई अध्यक्ष सुवेदीले दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले सबैको जिल्लामा देखिएका सवाललाई सबैको सहयोगबाट सम्वोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले वन तथा वातावरणका क्षेत्रमा रहेका चुनौतिलाई सबैको सहयोगबाट समाधान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि दाङमा जिल्ला वन कार्यालय र त्यसको मातहतमा रहने गरी तीनवटा सेक्टर वन कार्यालय रहने गरेकोमा नयाँ व्यवस्थाअनुसार अब जिल्ला वन कार्यालयको व्यवस्था छैन भने दाङ उपत्यका हेर्ने गरी डिभिजन वन कार्यालय दाङ र देउखुरी हर्ने गरी डिभिजन वन कार्यालय देउखुरीको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली, बबईका अध्यक्ष मोहलाल थापा, लक्ष्मी सिंह ठकुरी, जिल्ला महासंघका सदस्य सीता डाँगी लगायतले सामुदायिक वनका क्षेत्रमा आफ्नो स्थानीय महासंघभित्रका सामुदायिक वन क्षेत्रमा देखिएका समस्या बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष कमलराज पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस