घोराही, २० कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह सौंडियारले विभिन्न कार्ययोजना तयार गरेको छ ।

समूहका उपाध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा वडा नं. ६ का अध्यक्ष रेबबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको नियमित बैठकले साविक सौ‌ंडियार क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि काम गर्न विभिन्न योजना तयार गरिएको हो । समितिकाअनुसार वडा नं. ६ मा स्वच्छ खानेपानीका लागि पहल गर्ने, महिलाको प्रजनन् स्वास्थ्यसम्वन्धी शिविर सञ्चालन, विद्यालय भर्ना अभियान, जैविक विषाधि उत्पादन तथा प्रयोगसम्वन्धी अभिमुखीकरण तथा बीउ वितरण, मावि जजरागाउँको जमिन रजिष्ट्रेशनमा पहललगायतका काम गर्ने निर्णय गरिएको छ ।

सो अवसरमा निगरानी समूहले गरेका कामको समीक्षा गर्दै वडा नं. ६ र ७ ले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि विनियोजन गरेका बजेट तथा कार्यक्रमका विषयमा पनि छलफल भएको थियो । बैठकमा जनप्रतिनिधि, निगरानी समूहका प्रतिनिधि र इन्सेक जिल्ला प्रतिनिधिको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस