घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा रहेका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले खैरामा एक कार्यक्रमको आयोजना गरी दलित, एकल महिला र अन्यसहित ४० जना जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले लौरो र पौष्टिक तत्वका लागि हरलिक्स प्रदान गरि सम्मान गरेको हो ।
वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नगर प्रमुख नरुलाल चौधरी र उपमहानगरका सल्लाहकार रमेशकुमार अधिकारीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । बुढेसकालको सहारा लौरो र पोषक तत्वका लागि हरलिक्स प्रदान गरिएको हो । सम्मान पाएपछि जेष्ठ नागरिकहरु खुसी भएका छन् । नगर प्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान र सीप ज्ञान नयाँ पुस्ताले लिन सके मात्रै समाजलाई सही ढंगबाट अघि बढाउन सकिने बताउनुभयो । वडा नम्बर ११ ले गतवर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण गिरबहादुर बस्नेतले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस