दाङ, २० कार्तिक । निर्वाचन क्षेत्र नं २ को स्थानीय पूर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक मंगलवार सम्पन्न भएको छ । क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं‍ ५ का मुख्यमन्त्री तथा प्रदेश सांसद शंकर पोख्रेल, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहनगरपालिका प्रमुख घनश्याम पाण्डे, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, बंगलाचुली गाउँपालिका प्रमुख भक्तबहादुर वलीको सहभागिता थियो ।

बैठकमा सबै सदस्यहरुले योजनाका बारेमा सुझाव राख्ने काम भएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले बताउनुभयो । बैठकले दुईवटा वडा जोड्ने गरेर योजना छनौट गर्ने निर्णय गरेको समेत समन्वय अधिकारी गौतमले बताउनुभयो । परामर्श समितिमा छलफल भएका योजना निर्देशक समितिमा पठाउने व्यवस्था छ । निर्देशक समितिले पास गरेमा योजनाहरु कार्यान्वयनमा जाने छन् ।

दाङमा तिन वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रको लागि सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रम अन्तर्गत २० योजना छनौट गनुपर्ने व्यवस्था । ५०/५० लाखका दुईवटा योजना र बाँकी १० लाखभन्दा माथिका अन्य योजना छनौट गर्नुपर्ने व्यवस्था छ । यसअघि निर्वाचन क्षेत्र नं १ र ३ को बैठक सम्पन्न भैसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस