घोराही, २६ कार्तिक । दुर्घटनामा परी छाती सरियाले छेडेपछि उपचार गराइरहनुभएकी घोराही उपमहानगरपालिका ३ झिङ्नीकी तिला परियारलाई अस्पतालले डिस्चार्ज गरेको छ । गएको असोज २१ गते घोराहीको शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा उछिट्टिएर ट्याक्टरमा लोड परिएको सरियामा पर्दा परियारको छातीबाट ३ वटा सरिया ढाडबाट निस्किएको थियो ।
दर्दनाक दुर्घटनामा घाइते भएकी ३८ वर्षीया परियारको शरीरबाट २५ घण्टापछि शिक्षण अस्पताल काठमाडौंमा शल्यक्रिया गरी सरिया निकालिएको थियो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा सफल शल्यक्रिया गरिएको थियो ।
तिला उपचार पछि अहिले घर फर्कनुभएको छ । उहाँको उपचारमा करिब ६ लाख रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र ट्याक्टर धनीले क्षतिपूर्ती दिन आनाकानी गरेको भन्दै पीडित परियारको परिवार प्रहरी कार्यालयमा धाउनु परेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस