घोराही, २७ कार्तिक । दाङको घोराहीमा टिप्परको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै मंगलबार दिउँसो टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा  घोराही उपमहानगरपालिका १६ सानीअम्बापुर निबासी ४२ बर्षिय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई रा १ क ५८२ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करपछी खत्रीलाई टिप्परले च्यापेको स्थानीयले बताएका छन् । ठक्करपछि सडकको तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै बसन्त गिरी घाइते हुनुभएको छ । गिरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस