दाङ, २८ कार्तिक । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बुधबार बसेको बैठकले इआए र आइएभएका खोला/नदीमा ठेक्का नलागेसम्म स्थानीय तहले कार्यपालिकाबाट निर्णय गराएर नियमअनुसारको राजश्व लिएर विकास निर्माणको कामको लागि आवश्यक पर्ने नदीजन्य पदार्थ ओसारपसार गर्ने निर्णय गरेको छ ।

बैठकले बिहान ७ बजेदेखि साझँ ५ बजेसम्म ओसारपसार गर्नसक्ने समयसम्म तोकेको छ । चालु आर्थिक वर्षको लागि विकासे काम शुरु गर्ने समय भए पनि कच्चा पदार्थको अभावमा काम हुन सकेको छैन । स्थानीय तहले समयमै बजेट ल्याए पनि विकासे काम हुन सकेका छैनन् ।

नदीजन्य पदार्थ उत्खनन्‌को लागि इआए र आइए गर्नुपर्ने कानुनी व्यवस्था छ । तर समयमै स्थानीय तहले आवश्यक ठाउँको पहिचान गरेर आइए र एआइ नगरेको कारण विकास निर्माणको काम अपेक्षाअनुरुप अघि बढ्न सकेको छैन । जिल्लामा विकास निर्माणको काम सुस्त भएको भन्दै नागरिकबाट आलोचना हुँदै आएको छ ।

बैठक जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र जिल्ला सुरक्षा निकायको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस