दाङ, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन् । उनीहरुले एफ्वान साना किसान कृषक समूह गठन गरी सामुहिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।

आयस्तर बृद्धिसँगै स्वरोजगार बन्ने उद्देश्यले च्याउ खेती थालिएको हो । समूको एक लाख ९३ हजार सात सय ३७ रुपैयाँ र कृषि विकास मन्त्रालयअन्तर्गत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको तीन लाख ४४ हजार पाँच सय ४८ रुपैयाँ अनुदान गरी पाँच लाख ३८ हजार दुईसय ८५ रुपैयाँको लागतमा च्याउ खेती थालिएको समूहका अध्यक्ष कुमारी चौधरीले बताउनुभयो ।

च्याउ खेती गर्न पाँच वटा च्याउघर, एउटा पराल धुने घर, पराल काट्ने मेसिन, तापक्रम मापन गर्ने थर्मोमिटर लगायतका सामग्री समेत निर्माण तथा खरिद गरिएको उहाँले बताउनुभयो । उक्त च्याउ खेतीमा २४ घरधुरीका महिला आबद्ध रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस