घोराही, २९ कार्तिक । घोराही उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । घोराही उपमहानगरपालिकाको आयोजना युनिसेफ नेपाल तथा हिप्डेक नेपाल र सिविस नेपालको सहकार्यमा विहिबार घोराहीमा भएको बालश्रम न्यूनिकरण तथा बाल संरक्षण सम्बन्धि कार्यक्रममा सरोकारवालाहरुले नगरलाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।
उपमहानगरमा सञ्चालित बाल श्रम न्यूनिकरण तथा बाल संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउदै नगरलाई बालश्रम मुक्त बनाउन सरोकारवालाहरुले लिखित प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका जनप्रतिनिधी, उद्याग बाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीहरुले बाल श्रमलाई निषेध गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् । बालश्रमलाई रोक्न शिक्षालाई प्रभाबकारी बनाउदै लैजान स्थानिय सरकार प्रतिबद्ध रहेको नगर प्रमुख चौधरीले बताउनुभयो । उमेर अनुसार आबस्यक शिक्षा नपाएकै कारण बालबालिकाहरु सडकमा आउने र श्रममा जोडिन बाध्य हुने भन्दै उहाँले विद्यालय स्तरको शिक्षा र अभिभाबक शिक्षालाई प्रभाबकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरलाई बालमैत्री नगर बनाउने अभियानमा लागेको भन्दै शून्य बालश्रमको नगर बनाउन सबैको सहयोग आबस्यक रहने बताउनुभयो । बालबालिकालाई उचित शिक्षा, अभिभाबकमा चेतना सँगै रोजगार हुनु पर्नेमा जोड दिदै उहाँले पारिवारीक निगरानीलाई बलियो बनाउन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा हिप्डेकका अध्यक्ष बिकिरण गौतमले नगरलाई बालमैत्री बनाउन आबस्यक प्राबिधिक सहयोग गर्न तयार रहेको भन्दै विगतमा बालबालिकालाई श्रमबाट उद्धार गरेको जानकारी दिनुभयो । शैक्षिक सामाग्रिहरु सँगै व्यवसाय सञ्चालनका लागि आबस्यक आर्थिक सहयोगले बालबालिकाको दैनिकीमा समेत परिबर्तन आएको बताउनुभयो ।
कार्यक्रममा सिविसका कार्यक्रम अधिकृत भरत अधिकारीले बाल श्रम न्यूनिकरण र बाल संरक्षणमा प्राबिधिक सहयोग गर्दै आएको जानकारी दिनुभयो । बालबालिकाहरुको क्षमता विकास सँगै अभिभाबकहरुलाई सचेतिकरणको कार्यक्रम मार्फत बालमैत्री नगर बनाउन सहयोग जारी रहेको बताउनुभयो । कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख श्रीप्रसाद भटराई, होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकाल लगाएतकाले बालश्रमलाई शून्यमा झार्न एकीकृत पहलमा जोड दिनुभयो ।
महिला बालबालिका तथा सामाजिक विकास शाखाका संयोजक पशुपती चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस