घोराही, २९ कात्तिक । घोराही उपमहानगरपालिकाको सवैभन्दा बिकट वडाका रुपमा रहेको वडा नंं १९ मा शुक्रबार एक दिने एकीकृत घुम्ती शिबिर हुने भएको छ ।

Advertisements

जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको संयोजनमा शिबिर हुने भएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका बिकट बस्तीहरुमा बस्दै आएका जनताको सेवालाई मध्यनजर गर्दै शिबिर गर्दै आएको छ ।

सैघामा हुने शिबिरले वडाका जनतालाई सेवा लिन सहज हुने वडाध्यक्ष हर्कबहादुर घर्ती मगरले जानकारी दिनुभएको छ । शिबिरमा कृषिदेखि नागरिकता लिनेसम्मका सेवा प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । शिबिरमा नागरिकता, कृषि, स्वास्थ्य, भेटनरी, टेलिकम, बिद्युत, भबन डिभिजनलगायतका सेवा प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठनको भनाई छ ।

यसअघि जिल्ला प्रशासनले बबई, शान्तिनगर, बंगलाचुली, राजपुरलगायतका क्षेत्रमा शिबिर सम्पन्न गरिसकेको छ । सेवाबाट बञ्चित भएका स्थानीयका लागि यस्ता शिबिरहरु लाभदायी भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस