घोराही, ४ मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम दाङ क्षेत्र नं. ३ मा सिचाई योजनालाई प्राथमिकता दिइएको छ ।
कृषि उत्पादन क्षेत्र मानिने क्षेत्र नं. ३ मा सिचाईका लागि कुल एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको हो । त्यस्तै सडक निर्माण तथा विस्तारमा एक करोड विनियोजन गरिएको छ भने शिक्षामा ७० लाख, विभिन्न भवन निर्माणमा ४५ लाख र खानेपानीमा ३५ लाख रुपैयाँ विनियोजन गरिएको  हो । कुल ४ करोड बजेट रहेको कार्यक्रममा २० वटा योजना छनौट गरिएको छ ।
जसअनुसार सबैभन्दा धेरै बबई गाउँपालिका वडा नं. ४ र ५ मा रहेको आदर्शनगर नहर विस्तारका लागि ५० लाख र अमर मावि उरहरीमा पशु विज्ञान भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा अनिवार्य रुपमा ५०/५० लाखका दुई वटा योजना निर्माण गर्नुपर्ने उल्लेख छ । यस वर्षदेखि १० लाखभन्दा तल्लो सिलिङका योजना छनौट गर्न नपाइने भएपछि जम्मा २० वटा योजना छनौट गरिएको दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले जानकारी दिनुभयो ।
कार्यक्रमअनुसार तुलसीपुर १० को नयाँगाउँमा खानेपानी विस्तार गर्न १५ लाख, तुलसीपुर १ देवीस्थानमा भवन निर्माण गर्न २० लाख, तुलसीपुर १५ मा सिचाई आयोजना निर्माण गर्न २० लाख, तुलसीपुर ८ मा भ्यू टावर निर्माण गर्न १५ लाख, त्रिसिद्धेश्वरी मन्दिर परिसरमा खानेपानी  योजना निर्माण गर्न १० लाख, तुलसीपुर ६ एयरपोर्टदेखि पश्चिमतर्फ (निरंकारी) सडक निर्माण ३० लाख, तुलसीपुर ५ मा बौद्ध गुम्बा भवन निर्माण गर्न १० लाख, तुलसीपुर १४ को अकमी, फूलवारी रनियापुर हुँदै राजमार्ग जोड्ने मोटरबाटो निर्माण गर्न २५ लाख, बबई गाउँपालिका वडा नं. २ देखि घट्टेखोला, विजयनेटा हुँदै सल्यान जोड्ने बाटो निर्माण गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी बबई गाउँपालिका वडा नं. ३ हंसपुर धनबाँस नहर निर्माण गर्न १५ लाख, बबई गाउँपालिका चरकमटिया खानेपानी योजना निर्माण गर्न १० लाख, दङ्गीशरण ३ रावतगाउँ निउरीपाखा लिफ्ट सिचाई योजनाका लागि २० लाख, दङ्गीशरण गापाको मायाखोला सिचाई योजना निर्माण गर्न १५ लाख, शान्तिनगरमा थारु साउने सिचाई योजना निर्माण गर्न २० लाख, शान्तिनगर ६ पाँचमौजा सिचाई योजना नहर निर्माण गर्न २० लाख, शान्तिनगर २ सिमलबोट हुँदै कालीदमार जोड्ने सडक विस्तार गर्न १० लाख, उमावि सिमसुन्दरपुर कृषि क्याम्पसको पोखरी निर्माण गर्न १० लाख र तुलसीपुर २ को बुद्धनगर टोलको उत्तरतर्फ सडक स्तरोन्नतिको गरी कमलपोखरी जोड्न १५ लाख रुपैयाँ विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीका स्वकीय सचिव सन्तोष वलीले जानकारी दिनुभयो ।
यसअघि सांसद विकास कोषका नाममा आउने रकम यसपालिदेखि सम्बन्धित सांसदको छनौटमा योजना सम्पन्न गर्नेगरी स्थानीय पूर्वाधार विकास कार्यक्रमका नाममा चार करोड रुपैयाँ आएको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस