घोराही, ७ मंसिर । सार्वजनिक सेवाको प्रभावकारीताका लागि ८ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि र जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको साझा मञ्च हेड कोलिशनको घोराहीमा बसेको बैठकले सार्वजनिक सेवाको प्रभावकारीताका लागि अनुगमन गर्न समिति गठन गरेको हो ।
समितिमा नेपाल रेडक्रस सोसाइटीका थम्मन चौधरी, इन्सेकका जे.एन.सागर, मानव कल्याण तथा वातावरण केन्द्रका प्रदीप मजगैयाँ, मुक्त कम्लहरी विकास मञ्चकी शिवा चौधरी, बेसका रुपलाल चौधरी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका पवन योगी, सुआहाराका सुरजकुमार शर्मा र शिक्षाका लागि नेपाल राष्ट्रिय अभियानका रोहित चौधरी हुनुहुन्छ ।
अनुगमन समितिले शिक्षा, स्वास्थ्य, कृषि र जोखिम न्युनीकरणका सवालमा नागरिकले पाउने सेवाको प्रभावकारीता र सरोकारवाला निकायलाई पृष्ठपोषण प्रदान गर्ने काम गर्नेछ । ग्रामीण महिला उत्थान केन्द्रले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत गठित हेड कोलिशनले अनुगमन समिति गठन गरेको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस