दाङ, ७ मंसिर । त्रिभुवननगर जेसीजले हाफ म्याराथनको आयोजना गर्न लागेको छ । म्याराथनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइ दिने उद्देश्यका साथ मंसिर १५ गते म्याराथनको आयोजना गर्न लागेको जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो ।
त्रिभुवननगर जेसीज समग्र युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा लागि परेको बताउँदै अध्यक्ष भण्डारीले पुरुष, महिला, बालबालिका, प्रौढ विधामा २१ किमिको हाफ म्याराथन आयोजना गर्न लागेको जानकारी दिनुभयो । म्याराथन जित्ने पुरुष तथा महिला खेलाडीलाई नगद २५ हजार, द्वितीयलाई १० हजारसहित प्रमाण–पत्र तथा मेडल प्रदान गरिने भण्डारीले बताउनुभयो । उहाँकाअनुसार प्रौढ तथा बालबालिकालाई पनि अलग्गै नगद तथा प्रमाण–पत्रको व्यवस्था हुनेछ ।
‘जेसीज हाफ म्याराथनलाई देशको एउटा प्रतिष्ठित हाफ म्याराथनका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान सकियोस् भन्ने अभियानमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिरहेका छौं’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘म्याराथन एउटा इभेन्टका रुपमा मात्र नभई देशकै प्रतिष्ठित प्रतियोगिता बनाउन जेसीज लागि परेको छ ।’
त्यसैगरी प्रतियोगितामा सहभागी हुन बाहिर जिल्लाबाट आउने धावकहरुका लागि एक रातको आवासको सुविधा समेत प्रदान गरिने संयोजक टंक रावतले बताउनुभयो । उहाँकाअनुसार प्रतियोगितामा सहभागिताका लागि मंसिर १४ गतेसम्म आफ्नो नाम दर्ता गराइक्नुपर्नेछ । दाङ जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको भन्दै संयोजक रावतले हाफ म्याराथनका लागि रुट निर्धारण भइसकेको जनाउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस