सुशीला अाचार्य

हातमा एफोर साइजको पेपर । पेपरमा पेन्सीलले फूलका आकार बनाउन कोशिस गरिएका चित्रहरु लिँदै मुस्कुराउने अनुहार । जुन अनुहार देखेर लागेको थकाइ समेत मेटिने । बालिका नमस्ते मेडम भन्दै मेरो अघि दौडिँदै आउँछिन्  । शायद मलाई नै कुर्दै थिइन् । मैले पनि म बस्ने कोठालाई देखाउँदै उनलाई बोलाएँ । म भित्र पुग्दा नपुग्दै मेरो पछि पछि उनी पनि नजिकै बस्न आइपुगिन् ।

उनको बारेमा मैले नसुनेको त हैन प्रत्यक्ष कुरा मात्र गरेकी थिइन । अघिल्लो दिनमात्र पेपर पेन्सील दिएर चित्र बनाउनु है भनेर छाडेकी । मलाई लाग्यो, उनले बनाएको चित्रबारे बताउन हतार थियो तर भयो उल्टो । उनले त सरसर्ती आफूमा घटेको घटना प्रक्रिया (जबरजस्ती करणी)को बारेमा बताउन थालिन् । आफ्नो शरीरका हरेक अङ्गको नाम पनि थाहा नभएको उमेर छ उनको । उनैले आफूमाथि भएको अपराधिक ब्यवहार सरसर्ति सुनाउँदै छिन् । तै पनि हाँसेर । हँसिलो अनुहारले ? शायद म तयार नै थिइन त्यस्तो अपराधिक घटना सुन्नलाई । त्यो सुन्न यति अफ्ठ्यारो भयो कि मैले नै ती बालिकाको ध्यान मोड्न चाहें । उनले कोरेको चित्रतर्फ छलफल गर्न लागें ।

कुनै घटना यसै गुपचुप राखिन्छ भने कुनै घटनाले कानुनी रुपमा पीडकले सजाय पाइहाल्यो भनेर बसेको अवस्था छ  । प्रभावित बालबालिकाहरुलाई कानुनी रुपमा उचित न्यायको साथै मनोवैज्ञानिक रुपले पनि उनीहरुको मनोभावनालाई बुझेर आवश्यकताअनुसार सहयोग गर्न सकिन्छ ।

प्रायः दैनिक जस्तै, बालबालिकाहरु यौन हिंसामा परेको, बलात्कृत भएको सुन्दा असह्य पीडा हुन थाल्यो । साथै आफूलाई पनि असुरक्षित महशुस पनि । घटनाहरु भैरहन्छन् । घटना भएको देख्दा लाग्छ बहादुरीका बिज्ञापन हेरेर नक्कल गरेझैं बलात्कारका घटना हेरेर पाठ सिक्नु पर्नेमा फेरी फेरी उस्तै प्रकृतिका बलात्कारका घटना दोहोरि रहन थाले । जो सानो छ, जो कमजोर छ, जो अशक्त छ, जो बिपन्न । अझ भनाैं जो शक्तिहीन बर्गको छ यस्ता कमजोर अबोध बालिकाहरुलाई बिभिन्न प्रलोभनका साथै डर धम्की देखाई आफ्नो नैतिकता गुमाएर आफ्नै भनिने दाई, बुवा, छिमेकी चिरपरिचत आफन्तहरुबाट नै समय समयका जहाँकहीँ बलात्कार भएको घटना दिनानु दिन सार्बजनिक भैरहेको हामीहरुले देखिरहेका छौ । बलात्कार यौन दुब्र्यबहारको पराकाष्ठा हो । आफ्ना बालिकाहरुलाई उ त्यही आफ्नै मान्छेहरुसगँ त छन् नि भनेर ढुक्कसँग बस्न सक्ने पनि अवस्था छैन  ।

घटना हुन्छ, कुनै घटनाको दोषी केही समय सजाय भोगेर फर्किएर त्यही समाजमा निर्धक्क भएर बस्ने साथै यस्ता दुषित मानसिकता बोकेर हिँड्ने व्यक्ति त्यसलाई प्रश्रय दिने समाज र ब्यक्तिगत सोंचले गर्दा बालिका सुरक्षित छैनन् । यहाँ घरपरिवारदेखि, बनजंगल, स्कूलदेखि यात्रासम्म । बालबालिका यौन दुब्र्यहारमा पर्छन् । कुनै घटना यसै गुपचुप राखिन्छ भने कुनै घटनाले कानुनी रुपमा पीडकले सजाय पाईहाल्यो भनेर बसेको अवस्था छ प्रभावित बालबालिकाहरुलाई कानुनी रुपमा उचित न्यायको साथै मनोबैज्ञानिक रुपले पनि उनीहरुको मनोभावनालाई बुझेर आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ ।

यौन दुब्र्यबहार/बलात्कारमा परेका बालबालिकामा विभिन्न खालका शारीरिक तथा मनोसामाजिक समस्याहरु आउँछन् । शारीरिक बिकास नहुने अथवा शारीरिक विकासमा अबरोध आउने, थाकेको जस्तो देखिने, निष्क्रियता बढ्ने, रोइरहने, झस्किने, आक्रोसित हुने, कुपोषण, एकोहारो टोलाईरहने, हिँडडुल गर्न सक्ने बिकासको गति कमी हुने, शरीरलाई कडा बनाउने, फिस्स हाँस्ने तर हाँसोमा कुनै अर्थ नहुने र शरीरमा छुँदा प्रतिरोध वा कठोरता प्रदर्शन गर्ने खालका समस्याहरु आउँछन् । त्यस्ता पीडामा रहेका बालिकाले यौन दुब्र्यबहार भएको जनाउने खालका सामान्य संकेतहरु पनि दिन्छन् । जस्तो यौनजन्य खेल खेल्ने, हस्त मैथुन गर्ने, अपरिपक्क यौन चाहना वा गतिबिधि बढ्ने, घरबाट भाग्ने आत्मघाती साेंच प्रस्तुत गर्ने खालका व्यवहार देखाउन सक्छन् ।

बाल यौन दुब्र्यबहारका दीर्घकालीन परिणामहरु

  • अन्तर बैयक्तिक भावनामा, आत्मसम्मानमा दोषी हुनुको गम्भीर अनुभूति तथा हीनताबोधको भावना समय समयमा प्रबल हुन्छ ।
  • आफू अरुभन्दा भिन्न भएको भावनाले भावनात्मक रुपमा अरुसँग अलग्एिको भाव प्रतिबिम्बित गर्छ । जसको प्रभाव प्रभावित बालबालिबालिकाले उनीहरुले भोगेको समस्या अरुले पत्ता लगाउलान् भन्ने डरले घुलमिल हुन सक्दैनन् जसको कारणले उनीहरुमा एक्लोपना आउँछ ।
  • प्रभावित भएको वा आफूलाई संरक्षण गर्ने कोही पनि नभएको अनुभूतिले अरुलाई सजिलै बिश्वास गर्न नसक्ने ।
    स्वस्थ यौन सम्बन्ध राख्नमा असक्षम हुन सक्छन् । यौन सम्बन्धी क्रियाकलापमाहरुमा संलग्न हुन असक्षम हुनुदेखि लिएर बिसङ्गति तथा आत्मपीडनबाट आनन्द लिने ब्यबहारसम्म लम्बिन सक्छ ।
  • गम्भीर किसिमका मनोबैज्ञानिक समस्या पनि आउन सक्छन् ।

बाल यौन दुब्र्यवहारमा परेका बालबालिकाहरुलाई मनोसामाजिक सहयोग

  • मनोसामाजिक सहयोग प्रक्रिया भनेको कुनै पनि घटनाले पारेका प्रभावले प्रभावितहरुको मनमा आएको नकारात्मक भावना जसले प्रभावितको दैनिक जीवनमा आएको नकारात्मक ब्यबहार, असरलाई कम गर्दै उनीहरुको दैनिक जीवनस्तरमा सुधार ल्याउँदै मानसिक तथा सामाजिक रुपमा स्वस्थ बन्नको लागि सहयोग गर्नु हो । जो निम्न तरीकाले गर्न सकिन्छ ।
  • बालबालिकाहरुमाथि हुने यौन दुब्र्यवहारका घटनाका कारण उब्जेका सकारात्मक तथा नकारात्मक भावनाहरुलाई छट्याउन र ती भावनाले पारेका नकारात्मक असरहरुलाई निकास दिनमा परिवारका साथै मनोसामाजिक सहयोग कार्यकर्ता, मनोबिमर्शकर्ताले सहयोग गर्न सकिन्छ  ।
  • यौन दुब्र्यवहारमा परेका प्रभावित बालबालिकाहरुलाई मनोसामाजिक सहयोग ब्यक्तिगत, सामूहिक, तथा पारीवारिक मनोबिमर्शका साथै समुदायमा अभिभाबक÷संरक्षकहरुको सहयोग समूह सिर्जना गरेर पनि सहयोग गर्न सकिन्छ ।
  • प्रभावित बालबालिकामा रहेको आफूप्रतिको नकारात्मक भावनामा सुधार गर्न उनको अहंलाई सशक्त बनाउनु पर्दछ ।
  • बिभिन्न किसिमका खेल, चित्र, नाटक, मनोरज्जन बिधिबाट सामाजिक वातावरणसँग सुमधुर सम्बन्ध जोड्नमा सहयोग गर्न सकिन्छ ।
  • प्रभावित भएको महशुस गरेर मन भित्र रहेको लाज ग्लानीको भावनालाई खेल, चित्र, नाटक, मनोरज्जन बिधिबाट नकारात्मक भावनालाई हटाउनु पर्दछ ।
  • यदि कसैले शरीरमा अनावश्यक रुपमा चलाउने, छुने गर्दछ भने त्यो दुब्र्यबहार हो, असल छुवाई र खराब छुवाईको बारेमा अभिभावक तथा शिक्षकहरुले बालबालिकालाई सिकाउनु पर्दछ ।
  • यदि कसैले शरीरमा अनावश्यक रुपमा चलाउने, छुने गर्दछ भने त्यो दुब्र्यबहार हो र यसको बारेमा परिवारका सदस्यलाई शिक्षकलाई भन्नु पर्दछ भन्ने भावनाको बिकास गराउनु पर्दछ ।
  • आफ्ना बालबालिकाहरुलाई घर परिवारबाटै यौन शिक्षाको बारेमा जानकारी गराउनुपर्ने हुन्छ ।
  • आफ्ना बालबालिकासँंग सधै खुलेर कुरा गर्ने बानीको विकास गर्नुपर्छ र बालबालिकालाई आफूमा परेको समस्या वा जिज्ञासाहरु परिवारमा सहजै राख्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।

लेखक ओरेक दाङकी मनोविमर्शकर्ता हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस