घोराही, ९ मंसिर । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि अनुगमनलाई जारी राखेको छ । उपमहानगरको सामाजिक विकास समितिले आइतबार वडा नम्बर ३ र ४ मा रहेका दुईवटा विद्यालयको अनुगमन गरेको छ । वडा नम्बर ३ मा रहेको मावि झिङनी बन्जाडी र वडा नम्बर ४ मा रहेको मावि गोग्लीको अनुगमन गरेको हो ।
सामाजिक विकास समितिका संयोजक भरतमणि आर्यालको नेतृत्वमा शिक्षा महाशाखाका प्रमुख उपसचिव श्रीप्रसाद भट्टराईसहितको टोलीले दुई विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा शैक्षिण गुणस्तर बृद्धिका लागि आवस्यक प्रयास र योजना बनाउन टोलीले निर्देशन दिएको छ । टोलीले विद्यार्थीको अनुशासनदेखि शिक्षण सिकाईलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
अनुगमन टोलीले शिक्षकसहित विद्यार्थीहरुले अनिवार्य विद्यालय पोशाक लगाउनुपर्ने, बिदा बस्दा अनिवार्य निवेदन लेख्नुपर्ने, व्यक्तिदेखि विद्यालय परिसरमा सरसफाई गराउनु पर्ने, अनिवार्यरुपमा शैक्षिक सामग्री प्रयोग र पाठयोजनाअनुसार शिक्षण गर्नुपर्ने लगायतका विषयमा सुधार गर्न निर्देशन दिएको छ ।
साथै विद्यालयका आर्थिक पक्षलाई पारदर्शी बनाउन र अनुशासनलाई प्रथामिकता दिएर विद्यालय सञ्चालन गर्न पनि टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा सामाजिक विकास समितिका सदस्य विष्णुमणि दाहाल, विद्यालय निरिक्षक नारायण पौडेल, स्रोत व्यक्ति बिप्लव अधिकारीको समेत सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस