दाङ, १० मंसिर । राप्ती अञ्चल सार्वजनिक यातायात व्यावसायी समितिका अध्यक्ष सुरेश हमाल नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको सल्लाहकारमा चयन हुनुभएको छ ।

दुई दशकदेखि निरन्तर यातायात क्षेत्रमा क्रियाशील हमाल यातायात महासंघमा चार अवधिसम्म विभिन्न पदहरुमा बसेर काम गरिसक्नुभएको छ । महासंघको सोमवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हमाललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस