घोराही, १२ मङ्सिर । घोराही उपमहानगरपालिका १७ गुलरियास्थित कृत्रिम जलाशयमा डुबेका युवाको शव तीन दिनपछि फेला परेको छ । आइतबार ४ बजे पौडी खेल्ने क्रममा डुबेर बेपता भएका घोराही १५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला प्रहरीले जनाएको छ ।खोजीका लागि चितवनबाट गोताखोरको टोली दाङ आए पनि हिजो दिनभरको प्रयास सफल हुन सकेको थिएन । गोताखोरको प्रयास पनि असफल भएपछि मोटर लगाई तालको पानी सुकाएर उनको शव निकालिएको थियो । चिसोमा शरीर फुल्न नसकी शव पानी मुनी नै डुबेकाले फेला पार्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी जानकारी दिनुभयो ।

शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । शव परीक्षण पछि आफन्तलाई बुझाइने प्रहरीले बताएको छ । डाँगीको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरु सक्रिय रुपमा लागेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस