घोराही, १४ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले २६ औं स्थापना दिवस आगामी पुस ३ गतेका दिन मनाउने भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा (शरद)को अध्यक्षता तथा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको उपस्थितिमा शुक्रबार बसेको बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

प्रलेसले स्थापना दिवसका अवसरमा विभिन्न पाँचवटा पुरस्कार प्रदान गर्ने भएको छ । जसका लागि अध्यक्ष भुवन देवकोटाको संयोजकत्वमा पूर्व अध्यक्ष केशव थापा र सल्लाहकार पुरुषोत्तम खनाल रहेको प्रतिभा छनौट समिति गठन गरेको छ ।

प्रलेसले हरेक वर्ष १० हजार रुपैयाँ रासीको प्रगतिशील साहित्य पुरस्कार र चिन्तामणि जमुना साहित्य पुरस्कार, पाँच हजार रुपैयाँ रासीको अनन्त टीका प्रतिभा पुरस्कार, दुईहजार पाँचसय रुपैयाँ रासीको गोविन्द चीस स्मृति दिवस र गोविन्द ज्ञवाली स्मृति पुरस्कार प्रदान गर्दै आएको छ । जसमध्ये गोविन्द ज्ञवाली स्मृति पुरस्कार महिला श्रष्ठालाई प्रदान गरिन्छ ।

बैठकमा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, प्रलेसका प्रदेश अध्यक्ष केशव थापा, सल्लाहकारहरु पुरुषोत्तम खनाल र शरद अधिकारीले बोल्नुभएको थियो । बैठकले प्रलेसको स्थापना दिवसलाई भव्य र सभ्य तरिकाले गर्ने निर्णय गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस